Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


जेनजी आन्दोलनले दशैं व्यापार पनि घटेको व्यापारीको गुनासो


325
Shares

काठमाडाैं । जेनजी आन्दोलनले दशैं व्यापारमा पनि कमी आएको छ ।

काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्यूरोडमा व्यवसाय गर्दै आएका व्यापारीहरुले विगतको दशैंको तुलनामा यस वर्षको व्यापारमा धेरै कमी आएको बताएका हुन् । जेनजी आन्दोलनपछि व्यापारमा समेत प्रतिकुल असर परेको व्यापारी प्रल्हाद चौलागाईंले बताउनुभयो ।

भन्सार नाका नखुलेका कारण व्यापारका लागि दशैंमा समेत सामान आयात गर्न नसकिएको पनि व्यापारीहरुको गुनासो छ । व्यापारी मनोजबाबु श्रेष्ठले सरकारको नीतिका कारण व्यापार व्यवसाय गर्न नै नसकिने अवस्था आएको पीडा सुनाउनुभयो । दशैंमा समेत आवश्यक सामान आयात गर्न नसक्ने अवस्था आउनु दुःखद भएको उहाँकाे भनाइ छ।

यता, ग्राहकहरुले पनि सामान महँगोमा खरिद गर्नु परेको गुनासो गरेका छन् । भन्सार नाकाहरु नखुलेका कारण आयात गर्न नसक्दा सामानहरु महँगोमा बेच्नुपरेको व्यापारीहरुको स्पष्टीकरण छ ।

उनीहरुले सरकारको विद्यमान नीतिले आफूहरुलाई पलायन हुने अवस्थामा पुर्याएको समेत दुखेसो गरेका हुन् ।