
काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमी मनाउनका लागि काठमडाैं उपत्यकाबाट जन्म घर जानेहरुको घुइँचो लागेको छ ।
काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको आइतबार बिहानैदेखि उल्लेख्य मात्रमा घुइँचाे लागेकाे हाे । काठमाडौंको कलंकी, कोटेश्वर र बालाजु लगायतका नाकाहरुबाट बाहिरि जिल्ला जानेहरु बिहानैदेखि सडकमा उभिएका थिए । दशैं-तिहार लगायतका पर्वहरु मनाउन काठमाडौं उपत्यकामा बसेर काम गर्ने र अध्ययन गर्नेहरु फर्किरहेका छन् । जसकारण पनि काठमाडौंमा सवारी ट्राफिक कम हुँदै गएको हाे ।
केही सडक खण्डहरुमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरु अलपत्र परेका छन् । यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरुको गुनासो छ। विगतका वर्षहरुमा अग्रिम टिकटको व्यवस्था हुँदा पहिलै टिकट काटेर राख्न मिल्ने र टिकट लिएको दिन आएर घर जान पाउने व्यवस्था थियाे ।
तर यस वर्ष रहेता पनि यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा तत्काल आएर गाडीको व्यवस्थापन गर्नु परिरहेको यात्रु हरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्