काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमीको लागि घर जानेहरुको नाकाहरुमा घुइँचो लागेको छ।
काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको आइतबार बिहानैदेखि नाकाहरुमा उल्लेख्य मात्रमा घुइँचो लागेकाे हाे । काठमाडौंको कलंकी, कोटेश्वर र बालाजु लगायतका नाकाहरुबाट बाहिरि जिल्ला जानेहरु बिहानैदेखि सडकमा उभिएका थिए । दशैं र तिहार लगायतका पर्वहरु मनाउन काठमाडौं उपत्यकामा बसेर काम गर्ने र अध्ययन गर्नेहरु फर्किरहेका छन् ।
जसकारण पनि काठमाडौंमा सवारी ट्राफिक कम हुँदै गएको छ । केही सडक खण्डहरुमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरु अलपत्र परेका छन् । यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरूले गुनासो समेत गरेका हुन् ।




























प्रतिक्रिया दिनुहोस्