Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


एसिया कप क्रिकेट: उपाधि भीडन्तमा आज भारत र पाकिस्तानबीच प्रतिष्पर्धा हुँदै


1.2k
Shares

काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको उपाधि भीडन्त आइतबार हुने भएकाे छ।

एसिया कप क्रिकेटको ४१ वर्ष लामो इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा भीड्ने भएका हुन् । फाइनल खेल यूएईकाे अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति सवाँ ८ बजेदेखि खेल शुरु हुने भएकाे छ । साेही खेललाई क्रिकेट विश्वकै सबै भन्दा प्रतिक्षित प्रतिस्पर्धा मानिएको छ।

यसअघि समूह चरण र सुपर फोरमा गरी दुई पटक आमनेसामने हुँदा दुवै पटक भारतले पाकिस्तानलाई पराजित गरेको छ । यद्यपी यस पटक फाइनल भीडन्त हुने भएकाले वातावरण निकै चर्किएको हाे। साेही संस्करणमा भारत अपराजित रहँदै फाइनल पुगेको हो। समूह चरण र सुपर फोरमा पाकिस्तानलाई सजिलै पराजित गरेकाे भारतलाई अब उपाधि बचाउन निकै आत्मविश्वास छ।