Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


पश्चिमी रूसमा मदिराको सेवनका कारण मृत्यु हुनेको संख्या २५ जना पुग्याे


1.1k
Shares

एजेन्सी । पश्चिमी रूसमा विषाक्त मदिराको सेवनका कारण हालसम्म मृत्यु हुनेको संख्या २५ जना पुगेकाे छ।

अनुसन्धानकर्ताहरूले शनिबार मदिराको सेवनका कारण हालसम्म मृत्यु हुनेको संख्या २५ जना पुगेकाे बताएका हुन् ।अनुसन्धानकर्ताहरूले ‘६ जना मृतकहरूको शवको फरेन्सिक मेडिकल जाँचले‘ मेथनोलको उच्च स्तर फेला पारेको रूसको मुख्य अनुसन्धान निकाय अनुसन्धान समितिले जनाएको छ ।

समितिका अनुसार शवहरू सेप्टेम्बर १०-१७ तारिखकोबीचमा लेनिनग्राद क्षेत्रको भोलोसोव्स्की जिल्लाबाट ल्याइएको हाे । अनुसन्धानकर्ताहरूका अनुसार ३ जना संदिग्धहरुलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ । साेही घटनाको अनुसन्धान भइरहेकाे जनाइएकाे हाे । यस हप्ताको शुरुमा, अभियोजकहरूले सन् २०२३ मा ५० जनाको ज्यान जाने नक्कली पेय उत्पादन र बिक्री गरेको आरोपमा २ जनालाई १० वर्ष जेल सजाय सुनाएका थिए ।

सन् २०१६ मा साइबेरियाको इर्कुत्स्कमा मेथनोल भएको निषेधित नुहाउने तेल पिएपछि ६० जना भन्दा बढीको मृत्यु भएको थियो ।साेही घटनापछि रूसले मधिरा सम्बन्धि कानूनलाई कडा बनाएता पनि विकल्पको रुपमा सस्तो र घरमा बनेको मधिरा सहज उपलब्ध भएकाले विशेष गरी ग्रामीण क्षेत्रहरू यस्ता घटनाहरू बढी मात्रमा घट्ने गरेकाे छ।