Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


विरोधका कार्यक्रम सञ्चालन गर्दा शान्तिपूर्ण ढंगले गर्न सरकारकाे आग्रह (विज्ञप्तिसहित)


598
Shares

काठमाडौं । गृह मन्त्रालयले सभा सम्मेलन, बैठक एवं विरोधका कार्यक्रमहरु सञ्चालन गर्दा अहिंसात्मक हुने गरि शान्तिपूर्ण ढंगबाट गर्न आग्रह गरेको छ ।

मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ताे आग्रह गरेकाे हाे । अन्तरिम सरकार गठन भई निर्वाचनको प्रारम्भिक काम शुरु भएको अवस्थामा अन्य पक्षलाई असर नपर्ने तथा उक्साहट नहुने गरि सभा सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।

समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न समेत जारी विज्ञप्तिमार्फत अपिल गरेको गरिएकाे हाे।