Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


जेनजी आन्दोलनका घाइते भन्छन्: ‘हामीले देशका लागि रगत बगाएका हाैं, माग पूरा हुनुपर्छ’(तस्बिरसहित)

राजनीतिमा कुनै पनि समयमा फरक परिस्थिति बन्न सक्ने शिक्षामन्त्री पुनकाे तर्क

923
Shares

काठमाडाैं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई ट्रमा सेन्टरमा पुगेर भेट गर्नुभएको छ ।

मन्त्री पुनले शनिबार ट्रमा सेन्टरमा पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिनुभएको हो । उहाँले स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारकाे बारेमा गुनासो नगरेको बताउनुभयो । उहाँले घाइतेहरुले आफ्ना मागहरु पूरा हुुनपर्नेमा चिन्ता व्यक्त गरेको बताउनुभएकाे छ।

आफूहरु देशका लागि लडेको, देशका लागि रगत बगाएको घाइतेहरुले बताएको भन्दै मन्त्री पुनले शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन र भविष्यमा के हुन्छ भन्नै चिन्ता घाइतेहरुमा रहेको पाएको बताउनुभयो । प्रत्यक्ष निर्वाचित कार्यकारी अहिलेको स्थितिमा के हुन्छ भन्न नसकिने बताउदै उहाँले राजनीतिमा कुनै पनि समयमा फरक स्थिति बनिदिने समेत बताउनुभएकाे छ।

उहाँले भन्नुभयो,-‘बिरामीहरुको माग मुद्दाहरु नै जेन जी आन्दोलनको माग मुद्दा हो । हामी देशको लागि लडेका हौं । हामीले देशका लागि रगत बगाएका हौं । हाम्रो माग पूरा हुनुपर्छ भन्ने किसिमको छ । स्वास्थ्य उपचार राम्रो भएको छ । ठिकै छ । शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन, भविष्यमा के हुन्छ ? भन्ने छ । कुनै बिरामीले पनि उपचार पाएन भनेर कम्प्लेन गरेको पाइँन । प्रत्यक्ष निर्वाचित भनेको अहिलेको स्थितिमा के हुन्छ भन्न सकिँदैन । यो राजनीति हो । अहिलेको आन्दोलन हो । माग सबैलाई थाहा छ । अहिले गर्न सकिँदैन भन्ने कुरा आइरहेको छ । परिस्थिति कुन बेला के हुन्छ, त्यो थाहा छैन ।’

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा ७४ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । घाइतेको देशका विभिन्न खस्पतालमा उपचार जारी रहेकाे हाे । ट्रमा सेन्टरमा उपचाररत जेनजी घाइतेमध्ये १ जना मात्रै आइसीयूमा रहेको र अरु खतरामुक्त रहेको पाएको मन्त्री पुनले बताउनुभयो ।

Skip This