Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


एमालेका अध्यक्ष ओलीकाे प्रश्न: ‘यो हाहुको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?’

'सरकारले पासपोर्ट रोक्ने, के ठानेको छ ?

1.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पासपोर्ट रोक्का गर्ने सरकारको तयारीकाे बारेमा आपत्ति प्रकट गर्नुभएकाे छ।

भक्तपुरको गुण्डुमा शनिबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो आपत्ति प्रकट गर्नुभएकाे हाे।सरकारले विभिन्न उच्च पदस्थहरूको पासपोर्ट रोक्का गर्ने तयारी अघि बढाएको बारेमा उहाँले हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश नभाग्ने दावी समेत गर्नुभएकाे छ। उहाँले भन्नुभयाे,-‘अहिले म सुनिरहेको छु, सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ। ‘पासपोर्ट रोक्ने, के ठानेको छ ? यो हाहुको सरकारलाई देश जिम्मा लाइदिएर हामी विदेश भाग्छौं ?’

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नै नेतृत्वको दलले देश बनाउने र संवैधानिक र लोकतान्त्रिक मूल धारमा ल्याउने समेत जिकिर गर्नुभएकाे छ। एमाले अध्यक्ष ओलीले यो देश हामीले बनाउनुपर्ने र फेरि पनि हामी यो देशलाई संवैधानिक-लोकतान्त्रिक मूल धारमा ल्याउने समेत बताउनुभएकाे छ।