Logo १० आश्विन २०८२, शुक्रबार | Fri Sep 26 2025


देशको स्वाधिनता गम्भीर अवस्थामा भएकाे माओवादी केन्द्रका नेता पुनकाे तर्क

सबै राजनीतिक दलले रूपान्तरणकाे बारेमा सोच्नुपर्नेमा जाेड

208
Shares

का७माडाैं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले देशको स्वाधिनता गम्भीर अवस्थामा रहेको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । देश र लोकतन्त्र रहेमा मात्रै प्रतिष्पर्धा गर्न सकिने भन्दै सबै राजनीतिक दलहरुले रुपान्तरणकाे बारेमा सोच्नुपर्ने उहाँले बताउनुभयो । अहिलेसम्मका आन्दोलनको उपलब्धिको रक्षा, देशको स्वाभिमान र स्वाधिनता बचाउन जरुरी रहेको उहाँकाे भनाइ छ । उहाँले शुक्रबारदेखि आफूहरु पदाधिकारी नभएर महाधिवेशन आयोजक समितिको सदस्य भएको समेत बताउनुभयो । जेनजी आन्दोलनको मूल उद्देश्यलाई आत्मसाथ गरेर आफूहरुले यो निर्णय लिएको उहाँको तर्क छ ।

उहाँले भन्नुभयो,-‘हामी सबै महाधिवेशन आयोजक समितिको सदस्य भएका छौं । पार्टीले जेनजी आन्दोलनको मूल स्पिरिट, पार्टीलाई लोकतान्त्रिकरण, शुद्धीकरण अझ नयाँ बनाउनुपर्छ । जेनजी युवासहितको पार्टी बनाउनुपर्छ भन्ने स्पिरिटलाई सबै भन्दा पहिला अघि बढेर आत्मसाथ गरेको छ । यो जेनजी आन्दोलनका शहीदहरुप्रतिको सम्मान हो । घाइते अपांगता भएकाहरुप्रतिको सम्मान हो । जसले आफ्नो आवाज व्यक्त गर्नुभएको छ । उहाँहरुप्रतिको सम्मान हो । हामी अरु पार्टीहरुलाई पनि भन्न चाहन्छौं । पार्टी रुपान्तरण गर्नुस् देशको स्वाभिमान, स्वाधिनता र लोकतन्त्रको लागि सँगै काम गर्नुछ । देश रह्यो, लोकतन्त्र रह्यो भने प्रतिष्पर्धा हुन्छ । सबैले लोकतान्त्रिकरण गरौँ, सुधार गरौं । देशको स्वाधिनता निकै गम्भीर अवस्थामा छ । अहिलेसम्मका आन्दोलनका उपलब्धिहरुको रक्षा गर्ने, स्वाधीनता बचाउने र अझै अघि बढौं । शासकीय प्रणालीमा सोचौं ।’

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारदेखि काठमाडौंमा जारी थियो । अध्यक्ष पुष्पकमल दाहाल आगामी महाधिवेशनको उम्मेदवार नहुने र प्रतिष्पर्धा नै नगर्ने दावी गर्नुभएकाे छ ।