
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले अध्यक्ष पद त्याग गरेको घोषणा गर्नुभएको छ ।
काठमाडौंमा शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे घोषणा गर्नुभएकाे हाे । उहाँले अब आफू माओवादी केन्द्रकाे अध्यक्ष नरहेको घोषणा गर्नुभएको छ। उहाँले आफू अब महाधिवेशन आयोजक समितिको संयोजक मात्रै रहेको समेत बताउनुभयो ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारदेखि काठमाडौंमा जारी थियो ।
प्रतिक्रिया दिनुहोस्