Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


जंगली जनावारले बाली सखाप पारेपछि किसान मारमा


0
Shares

सर्लाही, असोज ६ । सर्लाहीको गौडैता नगरपालिकामा जंगली जनावारका कारण किसान मारमा परेका छन् । आफुहरुले लगाएको खेती जनावरले नास पार्न थालेपछि तार तथा झुल लगाएर सुरक्षित गर्नु परेको किसानको गुनासो छ ।

दिनहुँ ६० देखि एक सयको संख्यामा आउने जंगली जनावरका कारण आफूहरुको बालीनाली खसाप हुने गरेको दुःखेसो उनीहरुको छ । बाली कुर्नकै लागि किसानहरु रातभर खेतमै पालो दिएर बस्ने गरेका छन् ।

आहाराको खोजी गर्दै निल गाई, बँदेल जस्ता जनावरहरु दिनहुँ बस्ती प्रवेश गर्ने गरेका छन् । अर्कोतर्फ बाली जोगाउन खेतमा तारजाली तथा झुल प्रयोग गर्दा आफूहरुको लगानीसमेत बढेको गुनासो उनीहरुको छ ।

एकातिर जनावरले प्रत्येक दिनजसो दुःख दिने, अर्कोतर्फ जनावर समाते उल्टो प्रहरीले पक्राउ गर्ने डरले आफुहरु थप मारमा परेको किसानको गुनासो छ ।