
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी युवाकाे आन्दोलनका क्रममा घाइते भएकाहरुसँग भेट गर्नुभएको छ ।
सञ्चारमन्त्री खरेल शुक्रबार त्रिवि शिक्षण अस्पतालमा पुगेर उनीहरुलाई भेट्नुभएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । आन्दोलनमा गोली लागेर सयौं घाइते भएका छन् । आन्दोलनकै उपलब्धिस्वरुप तत्कालीन केपी शर्मा ओली सरकार पतन भएकाे थियाे ।अन्तरिम सरकारकी प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त हुनुभएको छ ।
कार्की मन्त्रीपरिषदमा सञ्चारमन्त्रीको रुपमा खरेल नियुक्त हुनुभएको छ । मन्त्री नियुक्त भएको केही दिनपछि उहाँले शुक्रबार जेनजी आन्दोलनका घाइतेहरुसँग भेट गरेर उहाँहरुको स्वास्थ्य स्थितिकाे बारेमा जानकारी लिनुभएको हो । साथै उहाँले घाइतेहरुको स्वास्थ्यलाभको कामना समेत गर्नुभयो । घाइतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले घाइतेहरुको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएकाे छ।
सञ्चारमन्त्री खरेलले जेनजीको चाहना अनुसार आफूले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयाे।










प्रतिक्रिया दिनुहोस्