
काठमाडौं ।
नेपाली बजारमा आज सुनकाे मूल्य १२ रुपैयाँ बढेको छ । आज (शुक्रबार) सुन प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चाँदी दुई हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी प्रतितोला दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार भने चाँदीको मूल्य घटेको थियो । बुधबार चाँदी प्रतितोला दुई हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्