Logo १० आश्विन २०८२, शुक्रबार | Fri Sep 26 2025


असोजभित्रै बचत तथा ऋण सहकारीको अनलाइन दर्ता र अभिलेखीकरण सुरु


0
Shares

काठमाडौं ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी दर्ताका लागि आफ्नो छुट्टै सफ्टवेयर निर्माण गरेको छ ।

उक्त सफ्टवेयरमार्फत नै आश्विन महिनाभित्र सहकारी दर्ता प्रक्रियाको थालनी गर्ने बताइएको हो । सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण भइ लञ्च गर्ने तयारी भइरहेको पनि प्राधिकरणले बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले बताउनुभयो । उहाँले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने, गराउने काम प्राधिकरणले गर्ने बताउनुभयो ।

उहाँले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड जारी गर्ने पनि बताउनुभयो । उहाँले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको सञ्चालन सम्बन्धमा जारी गरेको नियामकिय मापदण्ड, २०८२ लागू भइ कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

उवचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ जारी गरिएको बताउनु भयो । त्यस्तै वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको साधारण सभा सञ्चालन स्म्बन्धी निर्देशन जारी भइ कार्यान्वयनको चरणमा रहेको बताउनुभयो।

वचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको सघन अनुगमन शुरु भएको जानकारी दिनुभयो । सहकारी ऐन, २०७४ लाई स्पष्ट पार्नुपर्ने कतिपय विषयहरुको सन्दर्भमा मन्त्रालयले सहकारी नियमावली, २०७५ संशोधन तयारी गरिरहेको र प्राधिकरणकोतर्फबाट पनि आवश्यक गृहकार्य भइरहेको बताउनुभयो ।

असोज महिनादेखि ऐनको व्यवस्थाअनसार वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी, संघ संस्थाको अनलाइन प्रणालीमार्फत दर्ता अभिलेखीकरण शुरु गरिने बताउनु भयो । वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुलाई प्राधिकरणले दर्ता अभिलेखीकरणका लागि आह्वान गरेको ६० दिनभित्र आवश्यक विद्युतीय प्रणालीमा प्रविष्ट गराइ रुजु पश्चात प्रक्रिया पूरा गरी दर्ता प्रमाणपत्र उपलब्ध गराइने जानकारी दिनुभयो ।