Logo १० आश्विन २०८२, शुक्रबार | Fri Sep 26 2025


रसुवागढी नाकाकाे पुल बगाउँदा चीनसँगको व्यापार अवरुद्ध


2k
Shares

काठमाडाैं । गत असार २४ गते तिब्बत क्षेत्रमा परेको भीषण वर्षासँगै आएको बाढीका कारण नेपाल–चीन सीमास्थित रसुवागढी नाकाको मितेरी पुल बगाएको छ। यसका कारण रसुवा हुँदै चीनसम्मको सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

अविरल वर्षापछि रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ स्थित लाङ्टाङ खोलामा आएको भीषण बाढीले पुल बगाएपछि नेपाल–चिन सिमाना पूर्ण रूपमा अवरुद्ध भएको हाे । पुल बगाएपछि रसुवागढी हुँदै सञ्चालन हुँदै आएको दुई देशबीचको व्यापारिक तथा आवागमन मार्ग पूर्ण रुपमा ठप्प भएको स्थानीय प्रशासनले जानकारी दिएको छ।

बाढीले पुलसँगै नजिकैको सडक खण्ड समेत कटान गरेकाले पुनः सञ्चालनमा ल्याउन समय लाग्ने देखिएको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि ठूलो मात्रामा पूर्वाधार क्षति भएको अनुमान गरिएको छ।

स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय गरी वैकल्पिक व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनः निर्माणको प्रयास भइरहेको जनाइएको छ। नाका अवरुद्ध हुँदा आयात–निर्यातमा प्रत्यक्ष असर पर्ने देखिएको छ।