Logo ९ आश्विन २०८२, बिहिबार | Thu Sep 25 2025


मधेश प्रदेश सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ: महामन्त्री शर्मा

कांग्रेस पुस्तान्तरणको मात्र नभएर रूपान्तरणको पक्षमा रहेकाे तर्क

1.2k
Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पुस्तान्तरणको मात्र नभएर रुपान्तरणको पक्षमा रहेको बताउनुभएको छ ।

जनकपुरधाममा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । जेनजी पुस्ताले अघि सारेका मागहरुको सम्बोधन गर्दै विगतका आन्दोलनबाट प्राप्त अधिकारहरुलाई संस्थागत गर्ने पक्षमा कांग्रेस बलियोसँग उभिने उहाँको भनाइ छ । जेनजी बाहेकका पुस्तालाई पनि पार्टीमा गाँस्ने कुरामा कांग्रेसले ध्यान दिने उहाँकाे भनाइ छ ।

मधेश प्रदेशको विकास लागि कांग्रेसले नेतृत्व लिन जरुरी रहेको समेत उहाँले बताउनुभयाे ।अब मधेश सरकारको नेतृत्व कांग्रेसले लिने समेत महामन्त्री शर्माले दावी गर्नुभएकाे छ ।