Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


अनलाइन सञ्चार माध्यमकाे दर्ता तथा नवीकरण अबदेखि सूचना विभागबाटै गर्नुपर्ने सरकारकाे निर्णय


819
Shares

काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमकाे दर्ता तथा नवीकरण अबदेखि सूचना विभागबाटै गर्नुपर्ने बताएकाे छ।

सिंहदरबारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गर्ने निर्णय भएकाे बताउनुभयाेसुरक्षित मुद्रणसम्बन्धी ऐन, २०८१ प्रभावकारी रुपमा कार्यान्वयनका लागि ऐनले दिएको अधिकार अन्तर्गत सुरक्षण मुद्रण नियमावली, २०८२ स्वीकृत गरिएको उहाँले बताउनुभयाे ।

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रशारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोक्ने निर्णय भएको समेत उहाँले बताउनुभएकाे छ। यसअघिकाे केपी शर्मा ओली नेतृत्वकाे सरकारले जिल्ला प्रशासन कार्यालयहरुबाट अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण गर्ने निर्णय गरेकाे थियाे ।