
काठमाडाैं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गत २३ र २४ भदौको जेनजी आन्दोलनको क्रममा गोली हानी युवाहरुको हत्या गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बिहीबारर साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी मृत्यु भएका परिवारलाई आवश्यक राहतको घोषणा गरिएको पनि बताउनुभयो । उहाँले घाइतेहरुको निःशुल्क उपचार भइरहेको पनि बताउनुभएकाे छ । प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो ।
उहाँले आन्दोलनको क्रममा गोली हानेर युवाहरुको हत्या गर्ने कार्यमा संलग्नलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । जेनजी आन्दोलनको क्रममा हालसम्म ७४ जनाको मृत्यु हुनुका साथै सयौं घाइते उपचाररत रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्