
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनमा दोषी सम्बद्ध पक्षलाई कारबाही गर्ने बताउनुभएकाे छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।प्रधानमन्त्री कार्कीले आन्दोलनमा दोषी देखिएकालाई कारबाही गर्ने सरकारको प्रतिबद्धता रहेकाे समेत बताउनुभयाे ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै नेपाली जनतालाई सहभागीता जनाउन समेत उहाँले आग्रह गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्