
काठमाडौं। नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएपछि दशैंका लागि बाहिर जाने यात्रुहरूको चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा वृद्धि हुँदै गएकाे छ।
सडक असुरक्षित भएपछि मानिसहरू हवाई यात्रातिर केन्द्रित भएका हुन् । यात्रुको चाप बढेसँगै विमान कम्पनीहरूले भाडा पनि बढाएका छन् । नारायणगढ-मुग्लिनसँगै अन्य मुख्य राजमार्गहरूमा समेत सडकमा समस्या रहेकाे छ।
दशैंको मुखमा सडक सहज नहुँदा विशेष गरी काठमाडाैं उपत्यकाबाट देशका विभिन्न स्थामा जाने यात्रुहरु सबैलाई समस्या परेको हुन् । काठमाडाैं उपत्यका दशैंकाे समयम लाखाैं मानिसहरु आफ्नाे जन्म घरमा जाने गर्दछन् । तर यसै समयमा अविरल वर्षासँगै आएकाे बाढी र पहिराे गएका कारण उनीहरु घरमा जानलाई कठिनाइ भएकाे छ ।
कतिपय त पहिराेका कारण सडक अवरुद्ध हुँदा बीच बाटाेमा नै अलपत्र परेकाे समेत प्रहरीले जानकारी गराएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्