
काठमाडौं । हप्ताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ ।
३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँको कारोबार हुँदा नेप्से २ दशमलव ३५ अंकले घटेको हो । नेप्सेमा भएको सेयर कारोबारमा १ सय ७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने १ सय ३९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकाे छ। त्यस्तै, ५ वटा कम्पनीको सेयर मूल्य भने यथावत रहेकाे छ ।
नेप्सेमा हिमस्टार कम्पनीको सेयर बिक्री गर्नेले सबै भन्दा धेरै नाफा आर्जन गरे भने सिटी होटेल लिमिटेडको सेयर कारोबार गर्नेले सबै भन्दा धेरै गुमाएका हुन्। गिरावट आउँदा बैंकिङ, लगानी र म्युचुअल फन्ड बाहेक सबै समूहको सूचक नकारात्मक रहन गएको नेप्सेले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्