Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?


819
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १ हजार सातसय रुपैयाँ घटेको हो। सुनको मूल्य आज दुई लाख २१ हजार तीनसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य तोलाको दुई लाख २३ हजार रुपेयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो। आज चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला १५ रुपैयाँ घटेर चाँदीको मूल्य आज दुई हजार ६ सय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

हिजो तोलाको दुई हजार सातसय रुपैयाँ पुगेको चाँदी हालसम्मकै सबैभन्दा महंगो बनेको थियो।