Logo ९ आश्विन २०८२, बिहिबार | Thu Sep 25 2025


एसिया कप: बंगलादेशलाई हराउँदै भारत एसिया कपको फाइनलमा


0
Shares

काठमाडौँ ।

भारतले टी-२० एसिया कपको सुपर ४ मा बंगलादेशलाई ४१ रनले हराएको छ । यो जितसँगै भारत एक खेल अगाडी नै फाइनलमा पुगेको छ । जितका लागि भारतले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९ ओभर तीन बलमा एक सय २७ रनमा सबै विकेट गुमायो ।

बङ्गलादेशका ओपनर सैफ हसनले सर्वाधिक ६९ रन बनाए । प्रभेज हसन इटनले २१ रन बनाउँदा अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । भारतका कुलदीप यादवले तीन विकेट लिए भने बरूण चक्रवर्तीले दुई विकेट लिए ।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६८ रन बनायो । भारतका ओपनर अभिषेक शर्माले ३७ बलमा ६ चौका र पाँच छक्कासहित सर्वाधिक ७५ रन बनाए ।

सुपर ४ मा यसअघि भारतले पाकिस्तान तथा बंगलादेशले श्रीलङ्कालाई हराएको थियो । प्रतियोगितामा आज पाकिस्तान र बङ्गलादेश भिड्दै छन् ।