Logo ९ आश्विन २०८२, बिहिबार | Thu Sep 25 2025


भारतको कोलकातामा अविरल वर्षाका कारण १० जनाको मृत्यु


364
Shares

काठमाडौं ।

मंगलवार राति आएको अविरल वर्षाले पश्चिम बंगालको राजधानी कोलकातामा अत्याधिक वर्षा हुँदा पानी जम्दा करेन्ट लागेर कम्तीमा १० जनाको मृत्यु भएकाे छ ।

साेबार रातिदेखि मंगलवार बिहानसम्म जारी अविरल वर्षाले शहरको ठूलो भाग डुबानमा पारेको थियो । यसले गर्दा जीवन लगभग ठप्प भएको थियो । जसले गर्दा सवारी साधनको आवागमन र दैनिक गतिविधिहरू प्रभावित भएका छन् ।

बेनियापुकुर, कालिकापुर, नेताजी नगर, गरियाहाट, एकबलपुर, बेहला र हरिदेवपुर क्षेत्रहरूमा छुट्टाछुट्टै घटनाहरूमा मृत्यु भएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार २४ घण्टाभन्दा कम समयमा २५१।४ मिमी बाढी १९८६ पछिको सबैभन्दा उच्च र पछिल्लो १३७ वर्षमा छैटौं उच्चतम एकै दिनमा परेको वर्षा थियो ।

आईएमडीले बंगालको खाडीमाथि रहेको न्यून चापीय क्षेत्रको परिणामस्वरूप मुसलधारे वर्षा भएको बताएको छ । वर्षाले कोलकाता विमानस्थलमा पनि उडान सञ्चालनमा असर पारेको छ । रिपोर्टहरूले १०० भन्दा बढी उडानहरू प्रभावित भएको, ६२ रद्ध गरिएको र ४२ अन्य ढिलाइ भएको बताएको छ ।