Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज प्रज्ञा भवनमा


0
Shares

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक विहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्दैछ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक संकटबारे प्रस्ताव पेस गर्ने बताइएको छ।

बैठकमा विशेष महाधिवेशनको माग, नेतृत्व परिवर्तनको बहस र आगामी महाधिवेशनको मिति तथा स्थानबारे निर्णय हुने नेताहरुले बताएका छन्। उपमहासचिव जनार्दन शर्मा र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दुवै नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन्।

अध्यक्ष प्रचण्डले केन्द्रीय समितिसहित सबै कमिटी भंग गर्दै मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव ल्याउने तयारी गरेका छन्। आजको बैठकले उक्त प्रस्तावबारे औपचारिक निर्णय गर्नेछ।


Skip This