Logo ९ आश्विन २०८२, बिहिबार | Thu Sep 25 2025


प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै


2k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको छ ।

दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ ।

‘जेनजी’ आन्दोलनको जगमा गठित अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो उनको पहिलो राष्ट्रिय सम्बोधन हुनेछ । पूर्व प्रधानन्यायाधीश कार्की गत भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकाे थियाे , जसले भदौ २३ र २४ गते भएको सशक्त ‘जेनजी’ आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिको नेतृत्व गरर्नुभएकाे थियाे ।

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले हालै प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ । अन्तरिम सरकारको प्रमुख कार्यभार छ महिनाभित्र अर्थात् फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउनु रहेको छ ।

आजको सम्बोधनमा प्रधानमन्त्री कार्कीले वर्तमान राजनीतिक अवस्था, निर्वाचनको तयारी, सरकारका प्राथमिकता र राष्ट्रका नाममा भावी योजनाबारे प्रकाश पार्ने अपेक्षा गरिएको छ । सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ ।