Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


सेन्ट जर्ज विद्यालयमा विश्व स्कुल दूध दिवस कार्यक्रम सम्पन्न


0
Shares

काठमाडाैं । नेपाल डेरी एशाेसिएसनले काठमाडौंको हाँडिगाउँमा रहेको सेन्ट जर्ज विद्यालयमा सेन्ट जर्ज विद्यालयमा विश्व स्कुल दूध दिवस कार्यक्रम सम्पन्न गरेकाे छ।

एशाेसिएसनले बुधबार उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता विद्यार्थीहरुलाई दूध पान गराई कार्यक्रम सम्पन्न गरेकाे हाे । साेही कार्यक्रममा नेपाल डेरी एशाेसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमला, मनोज कुमार घिमिरे, केन्द्रीय सदस्य रमेश सन्जेल, कुल प्रसाद धमला, चेतनाथ दाहाल (केदार) नवराज तिमल्सिना, शिव घिमिरे, रविशरण थापा, डेरी एशाेसिएसन बागमती प्रदेशका कोषाध्यक्ष दिपक सन्जेल, नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघका अध्यक्ष टिकाप्रसाद घिमिरे, महासचिव श्रीकृष्ण भण्डारी र रोटरी क्लब अफ कपनका पदाधिकारीहरू लगायतका विशेष व्यक्तिहरूको उपस्थिति रहेको थियो।

एशाेसिएसनले नेपालमा विश्व स्कूल दूध दिवस सन् २०१६ देखि मनाउन शुरु गरेको हो । यस वर्ष “बालबालिकाको स्वास्थ्य त उज्ज्वल भविष्य दैनिक दूध अनिवार्य” भन्ने नाराका साथ देशैभरी एशाेसिएसनका प्रदेश र जिल्ला समितिहरुले विभिन्न कार्यक्रम गरि मनाइएको जानकारी प्राप्त भएको छ ।