Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा भाेलि सम्बोधन गर्ने


715
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएकाे छ।

उप्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको उहाँ निकट स्रोतले जनाएकाे हाे । सम्बोधन कार्यक्रमको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको छ ।

जेनजी युवाहरूले गत भदाै २३ र २४ गते गरेको प्रदर्शनको बलमा कार्की भदौ २७ गते प्रधानमन्त्री नियुक्त हुनुभएकाे थियाे।कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि निर्वाचनकाे घोषणा समेत गरेको छ ।