Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


नेतृत्व विहीन परराष्ट्र मन्त्रालय, काे बन्ला परराष्ट्रमन्त्री ? (भिडियाे रिपाेर्ट)


1.5k
Shares

विकास थपलिया

काठमाडाैं । देश एक पटक फेरि नयाँ अध्यायमा प्रवेश गरेको छ । सडकबाट सत्ता फालिएपछि संसद बाहिरबाट नयाँ सरकार बनेको हाे ।

जेनजी पुस्ताले गत भदाै २३ र २४ गते गरेको अन्दोलनबाट नेतृत्वविहीन बनेको देशले अन्तरिम सरकार त पाएको छ । तर मन्त्रिमण्डलले भने अझै पूर्णता पाइसकेको छैन । नवगठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका अघि आन्तरिक चुनौती त छन् नै, सँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय भूराजनीतिक चुनौती पनि उत्तिकै टड्कारो रूपमा उभिएका छन् । यो संवेदशनील घडीमा पराराष्ट्रमन्त्रीको खाेजी भइरहेको छ । यस्तो समयमा देशलाई कस्तो परराष्ट्रमन्त्री आवश्यकता होला त ?

सामाजिक सञ्जाल प्रयोगकर्ताले महानायकका रुपमा परिचित राजेश हमाललाई कार्की नेतृत्वको अन्तरिम सरकारको परराष्ट्र मन्त्रीको रुपमा अघि सारेका छन् । अबका परराष्ट्रमन्त्री हमाल भन्दै सोसल मिडियामा उहाँको नाम ब्यापक सेयर भैरहे पनि हमाल स्वयंमले भने इच्छा देखाउनुभएको छैन । पूर्वराजदूत चुडाबहादुर हमालका छोरा भएकाले पनि समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा पनि उहाँको खास चासो देखिन्थ्यो । यहि असोज १४ मा नेपाल फर्कदै गरेका हमाललाई प्रधानमन्त्री कार्कीले यो सरकारको विदेश मिसनमा जोड्न सके राम्रै सन्देश जान त सक्छ । साथै, उहाँको विकल्पको खोजी पनि तत्काल गर्न जरुरी छ ।

कार्की सरकारको मन्त्रिपरिषद दोस्रो पटक विस्तार हुँदा पनि परराष्ट्र मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयका नेतृत्वकर्ता फेला परेका छैनन् । हाल कार्की स्वंमले नै यो मन्त्रालयको जिम्मेदारी सम्हालिरहनुभएको छ । परिवर्तीत राजनीतिको महत्वपूर्ण घडीमा कूटनीतिक मामिलाकाे बारेमा जानकार र क्षमतावान व्यक्तिको छनाेट हुन नसक्दा त्यसको बहुआयामिक प्रभाव नेपालको कूटनीति क्षेत्रमा पर्ने देखिन्छ ।

भदौ अन्तिमको जेनजी नेतृत्वको आन्दोलन अनि त्यसका विरुद्धमा राज्यले प्रयोग गरेको बलका कारण ७४ जना भन्दा बढीले ज्यान गुमाउनुका साथै सयौं घाइते भएका छन् । यो घटनाले विश्वभरीका विभिन्न राष्ट्र लगायत क्षेत्रीय तथा वैदेशिक संगठनहरूको ध्यान खिचेको छ । यसबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि समेत कमजोर हुन पुगेको छ । छवि कमजोर हुनुले विश्व मञ्चमा नेपालले उठाउने एजेण्डाहरूको सुनुवाइ नहुने सम्भावना हुन्छ । यस्ता विषयले आगामी दिनमा नेपालमा आउन सक्ने प्रत्यक्ष वैदेशिक लगानी, वैदेशिक ऋण, वैदेशिक व्यापार, पर्यटन र रेमिट्यान्स आदिमा नकारात्मक असर पर्नेछ । अब बन्ने परराष्ट्रमन्त्रीले यस्ता विषयलाई जतिसक्दो छिटाे सम्बोधन गर्नुपर्ने हुन्छ ।

दुई ठूला छिमेकसहित भू–राजनीतिमा आइरहेकोे परिवर्तन, त्यसबाट आगामी दिनमा थप जटिल अवस्था उत्पन्न हुन सक्ने देखिन्छ । यस्तो समयमा देशको भू-राजनीतिक संवेदनशीलता समेतलाई अत्यन्त सुझबुझपूर्ण ढंगले केलाएर सोही अनुरूप परराष्ट्र मामिलालाई अघि बढाउन सक्ने नेतृत्व कार्की सरकारलाई आवश्यक छ । नेपालसँग भौगोलिक सीमाना जोडिएका दुई छिमेकी भारत र चीनले यस आन्दोलनलाई लिएर आफ्नो राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थिरतामा जोखिम महशुस गरेका हुन सक्छन् । यस विषयमा पनि सरकारले दुवै राष्ट्रसँग संवाद र उनीहरुको सुरक्षा चासोलाई ढुक्क बनाउन सक्ने व्यक्ति परराष्ट्रमन्त्रीका लागि योग्य व्यक्ति हुनसक्छन् ।

यस अघि परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालेका धेरैले कूटनीतिलाई राष्ट्रियहित अनि नेपाल र नेपालीको मूल मुद्दालाई ओझेल पारेर व्यक्तिगत लाभ र दलीय स्वार्थमा प्रयोग गरेका छन् । अब नियुक्त हुने पररााष्ट्रमन्त्री भने यस्ता विषयबाट माथि उठ्ने व्यक्तित्व छनाेट हुन आवश्यक छ।