Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी छाडे

आगामी फागुनमा पार्टीको विशेष महाधिवेशन गर्ने

2.2k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पदत्याग गर्नुभएकाे छ ।

काठमाडाैंमा रहेकाे दीपज्योती बैङ्क्वेट बौद्धमा बुधबार बसेको नेसपा नयाँ शक्तिको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष भट्टराईले पदत्याग गर्ने प्रस्ताव पेश गर्नुभएकाे हाे । साेही प्रस्ताव केन्द्रीय समितिद्वारा स्वीकृत गरेको पार्टीका प्रवक्ता कृष्ण शर्माले बताउनुभएकाे छ।

पार्टीका उपाध्यक्ष दुर्गा सोबको अध्यक्षतामा महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरिएको समेत उहाँले बताउनुभयाे।महाधिवेशनसम्मको निम्ति उपाध्यक्ष सोबलाई संयोजक र महासचिव सोनामसिंह स्याङ्तानलाई सदस्य सचिव तथा पार्टी प्रवक्तामा कृष्ण शर्मालाई तोकिएको जनाइएकाे छ।

नेसपा नयाँ शक्तिले आगामी फागुन महिनासम्ममा आफ्नो पार्टीको विशेष महाधिवेशन गर्ने तयारी गरेको जनाएकाे हाे ।