Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन गर्छ: अध्यक्ष दाहाल


1.6k
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन हुने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार स्थायी कमिटीको बैठकपछि उहाँले यस्तो बताउनुभएको हो । नेतृत्व परिवर्तनकाे बारेमा पार्टीमा छलफल भइरहेको उहाँको भनाइ छ । आगामी महाधिवेशनसम्म जाँदा नेतृत्व परिवर्तनको कुरा हल हुने उहाँको दावी छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा राजनीतिक दलका पुराना नेताहरुले नेतृत्व छोड्नुपर्ने माग उठेको थियो । प्रधानमन्त्री भइसकेको र पार्टीका नेतृत्वमा बारम्बार रहेको नेताहरुले नेतृत्व छोड्नुपर्ने माग राखेर दवाव दिएपछि माओवादीसहितका राजनीतिक दलका नेताहरुमाथि नेतृत्व परिवर्तनका लागि नेतृत्व छोड्नुपर्ने दवाव पार्टीभित्रैबाट आइरहेको छ ।

बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न बुधबार माओवादीको स्थायी कमिटी बैठक बसेको हो ।