काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
जनकपुरमा बुधबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री सतिसकुमार सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्ता लिएसँगै कांग्रेसले औपचारिकरुपमा बुधबार नै सरकारबाट बाहिरिने निर्णय गरेको कांग्रेस संसदीय दलले पुष्टि गरेको छ ।
कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले बैठकबाट मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो ।





प्रतिक्रिया दिनुहोस्