Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


काठमाडाैं उपत्यकाबाट बाहिरिने सवारी साधनकाे चाप बढ्यो


442
Shares

काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमी नजिकिँदै गर्दा राजधानीबाट बाहिरिने सवारी साधनको चापमा वृद्धि भएको छ ।

दशैं मनाउन घर जानेहरुको संख्या बढेसँगै राजधानी बाहिरिने नाकाहरुबाट सवारी साधनको चाप पनि बढेको हो । थानकोट, जडिबुटी, बल्खु, ककनी लगायतका नाकामा सवारीको चाप दैनिकरुपमा बढ्दै गएको छ । यहि असोज १ गतेदेखि नै दैनिक हजारौं मानिसले राजधानी छाडेर दशैं मनाउन गाउँघरमा जान थालेका हुन् ।

नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरुमा सवारीसँगै यात्रुहरुको पनि ठूलो भीडभाड लाग्ने गरेको छ । काम र पढाईको सिलसिलामा राजधानीमा रहेकाहरु दशैं मनाउनको लागि घर फर्किन थालेका हुन् । फूलपातीको दिनसम्म राजधानीबाट मानिसहरु बाहिरिने संख्यामा चाप हुने भएकाे छ ।

यातयात व्यवसायीहरुले दशैंका लागी अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् । तर दशैंका लागि अग्रिम टिकट बुकिङ नहुँदा कतिपय यात्रुहरुले सास्ती समेत खेप्नुपरेको हाे। यस वर्ष दशैंको टीका असोजको १६ गते रहेको छ ।