
काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार २७ दशमलव ८९ अंकले घटेकाे छ।
नेप्सेमा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २ हजार ६ सय ५४दशमलव ३५ अंकमा झरेको हो । नेप्सेमा भएको कारोबारमा १ सय ९३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकाे छ । ५३ वटा कम्पनीको सेयर मूल्य भने बढेकाे हाे । त्यस्तै, ५ वटा कम्पनीको सेयर मूल्य भने यथावत रहेको नेप्सेले जनाएकाे छ।
सेयर कारोबारमा माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर कारोबार गर्नेहरूले सबै भन्दा बढी नाफा आर्जन गरे भने उन्नति सहकार्य लघुवित्तको सेयर कारोबार गर्नेले सबै भन्दा बढी गुमाएका हुन् । सेयर कारोबारमा होटेल तथा पर्यटन समूह र म्युचुअल बाहेक सबै समूहको सूचक नकारात्मक बन्न पुगेको नेप्सेले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्