
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ कीर्तिमान कायम गर्ने क्रममा बुधबार छापावाल सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो ।
मंगलबार २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार थप १ हजार ३०० रुपैयाँले बढेको हो । यसैगरी, तेजाबी सुनको मूल्य पनि तोलामा २ लाख २२ हजार रुपैयाँ कायम भएको छ । १० ग्राम छापावाल सुनको मूल्य १ लाख ९१ हजार १८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि तीव्र वृद्धि देखिएको छ । मंगलबार तोलामा २ हजार ६८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २० रुपैयाँले बढेर २ हजार ७०० रुपैयाँ पुगेको छ । यो मूल्य चाँदीको हकमा पनि हालसम्मकै उच्च हो ।
प्रतिक्रिया दिनुहोस्