Logo ७ आश्विन २०८२, मंगलबार | Tue Sep 23 2025


‘हामीले हरेस खानुहुँदैन’: पूर्वप्रधानमन्त्री ओली

देश बनाउने कर्मठ युवा जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्नेमा जोड

585
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने कर्मठ युवाहरू जिम्मेवाररूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएकाे छ।

भक्तपुरको सूर्यविनायकस्थित निवासमा मंगलबार युवा संघ नेपालका पदाधिकारी एवं कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उहाँले युवाहरु देशभक्तिको भावका साथ अत्यन्तै जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएकाे हाे ।

उहाँले भन्नुभयाे,-‘हामीले समाजलाई सुसंस्कृत, सभ्य र विकसित बनाउन लाग्नुपर्छ। असभ्य र गैह्रजिम्मेवार हुनु हुँदैन। देश र समाजप्रतिको कर्तव्य बुझेर युवाहरूले काम गर्नुपर्छ। युवाहरु हावामा कुद्न हुँदैन। बादल लाग्यो भन्दैमा फेरि आकाश उघ्रँदैन भन्ने होइन। साँझ परेपछि सधैं साँझ परिरहन्छ भन्ने होइन। बिहानी पनि आउँछ। उज्यालो हुन्छ। हामीले हरेस खानु हुँदैन।’

पूर्वप्रधानमन्त्री ओलीले जेनजी प्रदर्शनका क्रममा देशले ठूलो क्षति व्यहोर्नुपरेकामा चिन्ता व्यक्त गर्नुभयाे । नेपाल र नेपालीलाई माया गर्नेले त्यसरी आगजनी, तोड्फोड र लुटपाट गर्न नसक्ने उहाँकाे तर्क छ ।