Logo ७ आश्विन २०८२, मंगलबार | Tue Sep 23 2025


प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाकाे बारेमा छलफल

3.1k
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा मंगलबार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाकाे बारेमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री कार्की गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट केपी शर्मा ओलीको सरकार पतन भएसँगै प्रधानमन्त्री बन्नुभएको थियो ।

जेनजीको माग अनुसार नेपाली सेनाको पहलमा कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो । प्रधानमन्त्री बनेपछि प्रधानसेनापति सिग्देलसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।