Logo ७ आश्विन २०८२, मंगलबार | Tue Sep 23 2025


जेनजी आन्दाेलन: प्रहरीकाे हत्यामा संलग्न एक जना पक्राउ, अनुसन्धान जारी


2.1k
Shares

काठमाडौं । जेनजी आन्दाेलनका क्रममा प्रहरीकाे हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

प्रहरीकाे हत्यामा संलग्न रहेको आरोपमा काभ्रेका युवराज क्यापफाकी पक्राउ परेका हुन् । जेनजी आन्दाेलनकारी आक्रमण गर्दा गत भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको मृत्यु भएकाे थियाे ।

सामाजिक सञ्जालका विभिन्न फुटेजको अध्ययनका आधारमा पहिचान भएका विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्ने क्रममा क्यापफाकी नै प्रहरी हत्यामा संलग्न रहेको ठहर भएको हो । जिल्ला प्रहरी परिसर काठमाडाैंले साेही घटनाको थप अनुसन्धान जारी रहेकाे जनाएकाे छ ।