
एजेन्सी। इजरायली सेनाले गाजामा आक्रमण गर्दा गत २४ घण्टामा ६१ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।
साेही आक्रमणमा परी दर्जनाैं घाइते भएकाे हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे । मन्त्रालयले साेमबार एक विज्ञप्ति जारी गर्दै सन् २०२३ अक्टोबरदेखि हालसम्म मृत्यु हुनेको कुल संख्या ६५ हजार ३ सय ४४ जना पुगेको बताएकाे छ।
इजरायली सेनाले गाजामा सैन्य कारबाही शुरु गरेको थियो । यो कारबाही सन् २०२३ अक्टोबरमा हमासको आक्रमणको प्रतिक्रियामा शुरु गरिएको थियो । त्यसपछि हमासले दक्षिणी इजरायलमा आक्रमण गरेकाे हाे ।
जसमा करिब १ हजार २ सयको मृत्यु हुनुका साथै २ सय ५१ जनालाई बन्धक बनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्