
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिक्षामन्त्री महावीर पुनले आफूलाई बस्नका लागि क्वाटर नचाहिने बताउनुभएकाे छ।
सिंहदरबारस्थित मन्त्रालयमा साेमबार पदभार ग्रहण गर्दै उहाँले आफू मन्त्रालयमै सुत्ने बताउदै खाटको व्यवस्था गर्न निर्देशन दिनुभएकाे हाे । उहाँले आफूले आविस्कार केन्द्रबाट राजीनामा दिइसकेको समेत बताउनुभयाे ।
उहाँले भन्नुभयाे,-‘मेरो त जहाँ काम गर्यो त्यहीँ बस्ने बानी छ । एउटा कोठा बनाउनुस् । मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफैं पकाएर खान्छु ।’ उहाँले आफूलाई सुरक्षा पनि नचाहिने बताउनुभएकाे छ ।
उहाँले भन्नुभयाे,-‘सेवा सुविधा के छ भने त्यहाँबाट आउँदा एउटा पुलिसको र एउटा आर्मीको रहेछ । मैले भाइहरुलाई भनेको छु । रिपोर्ट गर्नु कमाण्डरहरुलाई । म यो मन्त्रालयमा छँदा यहीं बसौं । यहाँबाट बाहिर निस्किएपछि पछिपछि आउनु पर्दैन ।’
मन्त्री पुनले मन्त्रालयको गाडी भने औपचारिक काममा मात्रै प्रयोग गर्ने बताउनुभयाे।
प्रतिक्रिया दिनुहोस्