Logo २५ कार्तिक २०८२, मंगलबार | Wed Nov 12 2025


दुग्ध र उखु किसानका समस्या समाधान गर्ने कृषिमन्त्री परियारकाे प्रतिवद्धता


767
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले दुग्ध र उखु किसानका समस्या समाधान गर्ने बताउनुभएकाे छ।

सिंहदरबारस्थित मन्त्रालयमा साेमबार उहाँले पदभार ग्रहण गर्दै दुग्ध र उखु किसानका समस्याहरु समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नभएकाे हाे । उहाँले आगामी फागुन २१ गते निर्वाचन गराउने सरकारको मुख्य कार्यभार भएको उल्लेख गर्दै सोही अनुसार सबै पक्षको सहयोगमा अघि बढ्ने पनि बताउनुभयो । किसानको समस्या समाधान गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने उहाँको भनाइ छ ।

मन्त्री परियारले मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने आफ्नो प्रयास रहने बताउनुभयाे ।