Logo ६ आश्विन २०८२, सोमबार | Mon Sep 22 2025


शहीद परिवारलाई रोजगारी दिन उद्योगीसँग उद्योगमन्त्री सिन्हाको आग्रह


0
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

मन्त्रालयमा साेमबार पदभार ग्रहण गर्दै उद्योगसँगै कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहनुभएका उहाँले यस्तो बताउनुभएको हो । जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका तथा घाईते भएकाहरुको परिवारलाई रोजगार दिनसके उनीहरुलाई केही सहज हुने उहाँले बताउनुभयो । जसका लागि उद्योगी व्यवसायीहरुसँग छलफल गर्ने उहाँको भनाइ छ ।

युवाहरुको सिप विकासमा सबै भन्दा बढी आफ्नो ध्यान रहने समेत उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा गएका युवाहरुलाई देश फर्केर देशभित्रै रोजगारि दिने वातावरण निर्माण गर्नुमा आफ्नो जोड हुने उहाँको तर्क छ । उहाँले आफू कानून क्षेत्रमा रहँदा पनि कर र वैदेशिक लगानी तथा उद्योग वाणिज्यसम्बन्धी विषयमा नै काम गरेको बताउनुभयो ।

मन्त्री सिन्हाले सरकारी निकायमा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने र अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्न पहल गर्ने निर्णय गर्नुभएको छ ।