Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने सञ्चारमन्त्री खरेलकाे पहिलो निर्णय


2.9k
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएकाे छ।

सिंहदरबारस्थित मन्त्रालयमा साेमबार दिउँसाे पदभार ग्रहण गर्दै मन्त्री खरेलले यस्ताे निर्णयमा गर्नुभएकाे हाे। साेही निर्णय अनुसार काठमाडौं उपत्यका बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइने भएकाे छ । पदभार ग्रहणका लागि मन्त्रालयमा पुगेका मन्त्री खरेलले शुरुमा कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न मान्नुभएकाे थिएन । उहाँले अर्को प्रस्ताव तयार गर्न समेत निर्देशन दिनुभएकाे हाे ।

उहाँले अर्को प्रस्ताव ल्याउन खरेलले ५ मिनेटको समय दिनुभएकाे थियाे । मन्त्रालयकी सचिवले छापाखाना सम्बन्धी प्रस्ताव ल्याएकोमा युवा क्षेत्रलाई समेट्ने गरी कुनै प्रस्ताव ल्याउन मन्त्री खरेलले निर्देशन दिनुभएकाे थियाे । त्यसपछि उनीहरुले अर्काे प्रस्ताव बनाएर लिएपछि मात्रै मन्त्री खरेलले हस्ताक्षर गर्नुभएकाे थियाे ।

मन्त्री खरेलले जेनजीकाे आन्दाेलनका क्रममा शहीद भएका व्यक्तिलाई सम्झिएर भावुक हुनुभएकाे छ। उहाँले आन्दाेलनका क्रममा घाइते र मृतका परिवारलाई सम्झदै उहाँले ६ महिनामा मन्त्रीले त्यति धेरै काम गर्न नसिके समेत बताउनुभयाे । त्यस्तै, आगामी फागुन २१ गते हुने निर्वाचन सफलता पूर्वक सम्पन्न गराउनु र भ्रष्टाचारलाई नियन्त्र गरी सुशान कायम गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे ।

तर भ्रष्टाचारलाई नियन्त्र गरी देशमा सुशान कायम गर्न ५ वर्ष लाग्ने मन्त्री खरेलकाे भनाइ छ ।