Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चारमन्त्रीमा नियुक्त


17.1k
Shares

काठमाडौं । ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उहाँलाई सञ्चारमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रमुख खरेलले सञ्चार माध्यममा २५ वर्ष भन्दा लामो समयसम्म काम गरेको अनुभव समेत रहेको छ ।

उहाँले ईमेज टेलिभिजनमा समाचार वाचनका साथै हटसीट कार्यक्रम समेत चलाउदै आउनुभएकाे छ। नवनियुक्त सञ्चारमन्त्री खरेललाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुहुने भएको हो ।