Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


विजया दशमीका लागि जनकपुरधामको विभिन्न शक्तिपीठमा पूजाको आवश्यक तयारी पूरा


104
Shares

काठमाडाैं । विजया दशमी पर्वका लागि जनकपुरधामको विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ ।

जनकपुरधामको ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो । स्थानीय युवा क्लवहरु दशैंलाई भव्य बनाउन जुटेका छन् । प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जन भन्दा बढी स्थानमा शक्तिस्वरुपा दुर्गाको मूर्ति स्थापना गरी दशैंमा पूजाअर्चना गर्ने गर्न तयारी अन्तिम चरणमा रहेको हाे।

राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य स्थानमा पूजास्थलहरुमा आकर्षक पण्डाल र रंगीचंगी बल्व जडान गरिएको छ । सजावटको कार्य अन्तिम चरणमा रहेको र पूजाकालागि समेत तयारी पूरा गरिसकिएको महावीर युवा कमिटीका पूर्वअध्यक्ष दीपक साहले बताउनुभयाे ।

राम युवा कमिटीले समेत बौधीमाई मन्दिर र अमरखाना मन्दिरमा सजावट कार्य अन्तिम चरणमा पु¥याएको छ