
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्नका लागि सिंहदरबार पुगेका जेनजी आन्दोलनका घाइतेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
जेनजी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्री कार्कीलाई भेट्नका लागि आइतबार सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरु आक्रोशित भएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरु हामी नेपालका संयोजक सुदन गुरुङमाथि समेत खनिएका थिए ।
घाइतेहरुले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी चेतावनी दिँदै गुरुङलाई जेनजी पुस्ताको नेता मान्न नसकिने समेत बताएका छन् । गुरुङको नाम लिएर होहल्ला गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस्