Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


देशमा संविधानको खारेजी र गणतन्त्र समाप्त पार्ने तत्व क्रियाशील: उपमहासचिव ज्ञवाली


390
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा निर्वाचन हुन नदिने खेलमा केही शक्तिहरु लागि परेको बताउनुभएको छ ।

प्रगतिशील लेखक संघ, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले मुलुकमा व्यवस्था विरोधी तत्वहरुले संविधान र गणतन्त्र दुवैलाई समाप्त पार्नका लागि निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको बताउनुभयाे । तोकिएको समयमा नै निर्वाचन भए संविधान र गणतन्त्र दुवै मास्ने लक्ष्य पूरा नहुने भएकाले पनि उनीहरुले मुलुकलाई रिक्ततातर्फ धकेल्न पनि निर्वाचन हुने नदिने उपमहासचिव ज्ञवालीको तर्क थियो ।

उहाँले राष्ट्रपति रामचन्द्र पौडेलको अडानको कारण मात्रै मुलुक दुर्घटना हुनबाट बचेको समेत बताउनुभयो । उपमहासचिव ज्ञवालीले जेनजी अभियन्ताहरु रनभुलमा परेको उल्लेख गर्दै मुलुकमा अरु शक्तिहरुले चलखेल गरिरहेको बताउनुभएकाे छ।

उपमहासचिव ज्ञवालीले राजनीतिक दलहरुलाई पेलेर निर्वाचन गराउन प्रयास भएत पनि त्यो भने सम्भव नहुने बताउनुभयो ।