Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


नेपाली क्रिकेट टोली भोलि यूएई जाने (विज्ञप्तिसहित)


494
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले वेस्ट इन्डिजविरुद्ध युनिटी कप टी–२० आई खेल्न जाने नेपाली क्रिकेट टोलीलाई भिसा दिएकाे छ।

यूएईले तीन खेलको यो शृंखला शारजाह क्रिकेट स्टेडियममा खेल्न जाने नेपाली टोलीका लागि आइतबार भिसा दिएको हो ।आगामी यहि सेप्टेम्बर २७ देखि ३० तारिखसम्म हुने यो प्रतियोगिताको टोली नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ । प्रतियोगिता खेल्न नेपाली टोली शुक्रबार यूएई जाने कार्यक्रम थियो। तर, जेनजी आन्दोलनका नाममा नेपालमा व्यापक विध्वंशपछि यूएईले नेपालीलाई भिसा दिन अस्वीकार गरेको थियो ।

त्यसको असर नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पनि परेको थियो । अन्योलबीच आइतबार भिसा प्राप्त भएको क्यानका प्रवक्ता छुम्बी लामाले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे छ । अब नेपाली टोली वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि सोमबार यूएईतर्फ जाने भएकाे हाे ।