Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


उर्जामन्त्री घिसिङ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


1.2k
Shares

काठमाडाैं । उर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आइतबार राजदुत श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको हो । जेनजी पुस्ताको आन्दोलनपछि अन्तरिम सरकारको शक्तिशाली मन्त्री बन्नुभएका घिसिङलाई राजदुत श्रीवास्तवले बधाइ ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

भेटका क्रममा उहाँले नेपालको उर्जा, यातायात, भौतिक पूर्वाधार, शहरी विकासका क्षेत्रमा भारतले सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ। नेपालको विकासका लागि भारतले सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री घिसिङले नेपालाई अहिले नेपालको शान्ति व्यवस्था, विकास र समृद्धिमा भारतको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।