Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


काठमाडाैंकाे गेस्ट हाउसमा एक युवती मृत फेला


4.6k
Shares

काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् ।

काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् ।

मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।